इन्जिनियरिंगका तीन विद्यार्थीले विकास गरे चिचिला एप्स, साना विद्यार्थीका लागि बहुउपयोगी

  २०७५ माघ २ गते १३:२१     विकासन्युज

काठमाडौं । भक्तपुरका विद्यार्थीले बुधबार ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को लन्च (शुभारम्भ) गरेका छन् । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी चिचिला मोवाइल एप्लिकेशनको शुरुवात गरेका छन् ।

रोवोर्ट हस्तान्तरण तथा मोवाइल एप्लिकेशन कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले एप्लिकेशन लन्च गरेका हुन् । कलेजमा कम्प्युटर विभाग अन्तर्गत स्नातक तहमा कम्प्युटर इन्जिनियरिंग अध्ययनरत तीन जना विद्यार्थीले एप्लिकेशनको विकास गरेका हुन् ।

व्याचुलर इन कम्प्युटर इन्जिनियरिंगमा अध्ययनरत केशव घिमिरे, पोषण शर्मा र दुर्गाबहादुर कुँंवरले एप्लिकेशन तयार पारेका हुन् । उक्त कार्यक्रममा एप्लिकेशन तयार गर्ने विद्यार्थीले यो एप्लिकेशन ससाना विद्यार्थीका लागि बहुउपयोगी हुने जानकारी दिएका थिए ।

बालबालिकाहरुलाई उनीहरुकै उमेरमा ज्ञान दिन सकिए पछि त्यो समाजकै लागि उपयोगी हुने विश्वास उनीहरुको छ । एप्लिकेशनले बालबालिकाहरुलाई नेपाली सिक्न पनि सहयोग पुराउने भएको छ । स्टोरबाट डाउनलोड गरी मोवाइलबाट बालबालिकाहरुले यो एप्लिकेशन चलाउन सकिने जनाइएको छ ।
बालबालिकाका लागि दिएको शिक्षा भोलिको देशकै लागि सम्पती हुने चर्चा गर्दै जापानमा सुनामी आउँंदा एक जना साना बालकले चारपाँंच सय मानिसलाई जोगाएको स्मरण गर्दै उनले बालबालिकाको शिक्षामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.