गत डिसेम्बरमा चीनको आन्तरिक ऋण एक खर्ब ६० अर्ब अमेरिकी डलर

  २०७५ माघ २ गते ११:२०     विकासन्युज

काठमाडौं । सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋणमा वृद्धि भएको छ । ऋण झण्डै १.०८ ट्रिलियन युआन (एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकले तथ्याङ्क मङ्गलबार सार्वजनिक.गरेको हो । यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो ।

सन् २०१८ को नोभेम्बरको तुलनामा नयाँ ऋण रकममा सामान्य कमी अर्थात् १.२५ ट्रिलियन यूआनबाट १.०८ ट्रिलियन युआनमा झरेको पिपुल्स बैंक अफ चाइना (पिबिओसी) ले जनाएको छ । एक ट्रिलियन बराबर दश खर्ब हुन्छ ।

मुद्रा आपुर्ति गर्ने मापदण्ड एम–२, जसले मुद्राप्रवाह र सम्पूर्ण निक्षेपको लेखाजोखा राख्छ, अघिल्लो बर्षको तुलनामा ८.१ प्रतिशत बढेर डिसेम्बरको अन्त्यसम्ममा १८२.६७ ट्रिलियन युआन पुगेको छ ।

एम–२ को वृद्धि अघिल्लो महिनामा रेकर्ड भएको आठ प्रतिशतभन्दा बढी हो भने एक बर्ष पहिले सोही समयको तुलनामा बराबर हो ।
मुद्रा आपूर्तिको अर्को मापदण्ड एम–१, जसले नगद प्रवाह र निक्षेपको मागको रेकर्ड राख्छ, एक बर्ष पहिलेकोे तुलनामा गत डिसेम्बरमा १.५ प्रतिशत वृद्धि अर्थात् ५५.१७ ट्रिलियन युआन बढी देखिएको छ ।

समग्रमा सन् २०१८ को नयाँ यूआनको ऋणमा अघिल्लो बर्षको तुलनामा २.६४ ट्रिलियन युआनले वृद्धि भई १६.१७ ट्रिलियन युआन पुगेको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.