डिशहोमको ९ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा ढकाल मनाेनित

  २०७५ माघ २ गते १०:४१     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कको ९ औं बार्षिक साधारण सभामा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेमराज ढकाललाई अध्यक्षमा चयन गरेसँगै आगामी आर्थिक बर्षमा आईपीओ जारि गर्ने निर्णय गरेको छ ।

कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने निर्णय गरेको छ ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा एचडी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.