६ महिनामा एनआइसी एसियाको अपत्यारिलो छलाङ, नाफा १२१ प्रतिशतले वृद्धि

  २०७५ माघ २ गते ९:३३     विकासन्युज

काठमाडौं । एनआइसी एसिया बैंकको नाफा १२१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको ६ महिनामा बैंकले आफ्नो नाफा १२१ प्रतिशतले वृद्धि गरेको हो ।

गत आर्थिक बर्षको पहिलो ६ महिनामा ५७ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा १२६ करोड नाफा कमाउन सफल भएको हो ।

शाखा विस्तार र व्यापाक प्रचार प्रसार मार्फत आक्रामक व्यापार प्रवद्र्धन गरिहेको बैंकले पछिल्लो ३ महिनामा भने ७ अर्ब निक्षेप बढाउन सफल भएको देखिन्छ । असोज मसान्तमा १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा आईपुग्दा १ खर्ब ७५ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ ।

बैंकको कर्जा लगानी पनि ३ महिनामा १० अर्बले वृद्धि भएको थियो । असोजमा १ खर्ब ३९ अर्ब कर्जा लगानी गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४९ अर्ब कर्जा लगानी गरेको हो ।

त्यस्तै, बैंकको ब्याज आम्दानीपनि ४ अर्ब ८१ करोडबाट बढाएर ९ अर्ब ६५ करोड पुर्याएको छ । बैंकले ३ महिनाको अवधीमा ब्याज आम्दानी ४ अर्ब ८४ करोड अर्थात शतप्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी ९३ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तमा १ अर्ब ८६ करोड रहेको खुद ब्याज आम्दानी पुसमा मशान्तसम्म ३ अर्ब ६० करोड पुगेको हो । एनआइसी एसिया बैंकको सिडी रेसियो ७८.७१ प्रतिशत रहेको छ । आधार ब्याजदर ९.३३ प्रतिशत रहँदा स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको खराब कर्जा ०.३३ प्रतिशत रहेको छ ।

एनआइसी एसिया बैंकको प्रति सेयर आम्दानी ३४.३१ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४९.९३ रुपैयाँ र तरलता अनुपात २०.८१ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ११.२५ र कूल सम्पतिमा प्रतिफल १ रुपैयाँ ४१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.