कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ माघ १ गते १८:४६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बीमा सेवा दिने उदेश्यका साथ सानिमा इन्स्योरेन्स कम्पनीसँग मंगलबार उक्त सम्झौतामा गरेको हो ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्ष्ँर गरेका छन् ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहजरुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमापोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त हुने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.