कम्पनी रजिष्ट्रारको कार्यालयबाट ‘चोरिएका’ १०० भन्दा बढी फाइल जफत

  २०७५ माघ १ गते १६:४९     विकासन्युज

काठमाडौं । कम्पनीसम्बन्धी महत्वपूर्ण फाइलहरु हराउन थालेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले फाइल जाँच र जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका प्रमाणित फाइलहरु हराउन थालेपछि रजिष्ट्रार कार्यालयमा भित्र छिर्ने र बाहिर जाने सबैको खानतलासी गर्न थालिएको बताइएको छ । कार्यालयका उप–रजिष्टार महेशराज तिमिल्सिनाले फाइल हराउन थालेपछि अघिल्लो सातादेखि चेकजाँच गर्न थालिएको बताए ।

त्यसरी जफत गरिएका फाइलहरु सीधै रजिष्टारको मा पुर्याइने गरिएको छ । ‘आफ्नो कम्पनीका आवश्यक कागजातको प्रतिलिपी लैजान त सबैले पाउँछन् तर असम्बन्धित मानिसले फाइल नै बोकेर जान थालेपछि त्यसले विकृति निम्त्याउने भएकोले त्यसरी चेकजाँच गर्नुपरेको हो, ७-१० दिनदेखि नियमित चेकजाँच भइरहेको छ ।’ उप रजिष्टार तिमिल्सिनाले भने ।

चेकजाँचका लागि कार्यालयकै कर्मचारी र नेपाल प्रहरीलाई समेत खटाइएको छ । नेपाल प्रहरीकी हवल्दार झुमा थापाले बारकोड टाँसिएका फाइलहरुजति जफत गर्नु भन्ने आदेश भएकोले त्यसैअनुसार आदेश पालना गरेको बताइन् । उनले दैनिक १५-२० ओटा फाइलहरु जफत गरेर रजिष्ट्रार कहाँ पठाउने गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.