गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने

  २०७५ माघ १ गते १४:४१     विकासन्युज

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.