अनलाइन फुड फेस्टिभल शुरु, अब १ रुपैयाँमा घरमै आइपुग्छ खाना !

  २०७५ माघ १ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ ।

अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव माघ १ देखि १० गतेसम्म संचालन हुनेछ ।

फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेन छन् । यस अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एपमा मात्र संचालन गरिएको छ ।

फुडमाण्डूको एपमा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, १ रुपैयाँमा खाना पाईने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले २५ सय रुपैयाँ भन्दा माथिको अर्डरमा १८० एमएलको भोड्का(रुस्लान) पनि निःशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.