पुस महिना सकिँदा एउटै बीमा कम्पनीले साधारण सभा बोलाएनन्, लगानीकर्ता भन्छन्ः अधिकार हनन् भयो

  २०७५ माघ १ गते ८:४७     विकासन्युज

काठमाडौं । पुस मसान्त सकियो तर एउटा पनि बीमा कम्पनीले गत आर्थिक बर्ष २०७४/७५ को वित्तिय विवरण तयार पारेका छैनन् । वित्तिय विवरण तयार पार्न नसकेपछि साधारण सभा प्रभावित भएको छ जसले लगानी कर्ताले पाउने लाभांश केहि समय पछि धकेलिएको छ ।

बीमा समितिले यसपालीदेखि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) लागु गरेपछि बीमा कम्पनीहरुले समयमै प्रतिवेदन तयार गर्न नसकेका हुन् । ‘एनएफआरएसमा वित्तिय विवरण बनाउन केहि समय लागेको हो, जीवन बीमा कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि विवरण पठाएका छन भने निर्जीवन बीमा कम्पनीमा सानिमा जनरलले मात्रै एक्चुरी गरेको रिपोर्ट पठाएको छ’, बीमा समितिका उप निर्देशक सन्तोष कार्कीले भने ।

पुस मसान्तसम्म नेशलन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थान बाहेकका कम्पनीले मात्रै सैद्धान्तिक सहमतिका लागि समितिमा विवरण बुझाएका छन् । निर्जीवन बीमा कम्पनी तर्फ सानिमा जनरल इन्स्योरेन्स कम्पनीले मात्रै एक्चुरी गरिएको वित्तिय विवरण पठाएको छ । बाँकी सबै कम्पनीहरु भर्खर दायित्व पर्याप्तता परिक्षण(ल्याट)कै चरणमा रहेका छन् ।

नेपाल इनभेष्टर्स फोरमका महासचिव राजन लम्सालले समयमै साधारण सभा गरेर लाभांश वितरण गर्न नसक्दा लगानीकर्ताको अधिकार हनन भएको बताए । बैंकहरुले पनि पुस मसान्तको अन्तिम तिर मात्रै साधारण सभा गरेर लगानीकर्तामाथी अन्याय गरेको र बीमा कम्पनीहरुले साधारण सभाको टुंगो समेत नलाउन नसक्नु दुःखद भएको बताए ।

‘समयमै लाभांश पाउनु हाम्रो अधिकार हो, बैंकहरुले पनि बठ्याई गरेर पुस मसान्तमा मात्रै साधारण सभा गरे । इन्स्योरेन्स कम्पनीहरुले त झ कहिले साधारण सभा गर्न सक्छन भन्ने समेत टुंगो लागेको छैन, यसले लगानीकर्तामाथी अन्याय गरेको छ’, इन्भेष्टर्स फोरमका महासचिव लम्सालले भने ।

यस अघि असोज तिरै साधारण सभा सम्पन्न गर्ने बैंकहरुले पनि यसपाली पुस मसान्तमा मात्रै साधारण सभा गरे यसले लाभांश वापतको दिने पैसा रोकिराख्ने नियत देखिन्छ’, महासचिव लम्लासले भने । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने एनएफआरएसमा वित्तिय विवरण तयार पार्नुपर्ने नयाँ व्यवस्थाकारण बीमा कम्पनीहरुको साधारण सभा ढिलो भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.