नेपाल टेलिकमको ५५ रुपैयाँ नगद लाभांश पारित, माघ १ गतेदेखि नै वितरण गर्ने

  २०७५ पुष ३० गते १९:३२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रस्तावित ५५ रुपैयाँ नगद लाभांश पारित भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम लगानीकर्ताले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् । उक्त लाभांश रकम माघ १ गते(भोलि)देखि एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने सभाले जानकारी दिएको छ ।

यसैैगरी, सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

२०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.