बीमा समितिले बुझायो आधा अर्ब राजश्व, एकै दिन ढुकुटीमा जम्मा भयो ३८ करोड

  २०७५ पुष ३० गते १८:३१     विकासन्युज

काठमाडौं । बीमा समितिले आयकर वापत आधा अर्ब भन्दा बढी रकम राजश्व बुझाएको छ । समितिले आर्थिक बर्ष २०७१।७२ देखिको आयकर वापत सरकारलाई ५८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ तिरेको हो । समितिले सोमबार ३८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ राजश्व बुझाएको समितिका उप निर्देशक केशब दाहालले जानकारी दिए ।

यस अघि समितिले असार ३१ गते आर्थिक वर्ष २०७४।७५ र ७५।७६ को लागि २० करोड रुपैंयाँ अग्रिम कर भुक्तानी गरेको थियो । समितिले आर्थिक बर्ष २०७१।७२ को आय वापत ८ करोड ८८ लाख २६ हजार ६ सय, आव ७२।७३ को १२ करोड ४७ लाख २७ हजार २ सय ३५ रुपैंयाँ र
आव ७३।७४ को आयकर वापत १६ करोड ७३ लाख ४६ हजार ८ सय १८ रुपैंयाँ सरकारी ढुकुटीमा पठाएको हो ।

महालेखा परिक्षकको कार्यालयले बीमा समितिसँग आयकर असुल्नुपर्ने लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेपछि सरकारले समितिसँग आयकर असुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.