साढे २ अर्ब प्रिमियममा १८ बीमा कम्पनीको भागबण्डा, १९ प्रतिशत हिस्सा नेशनललाई

  २०७५ पुष ३० गते १८:०७     विकासन्युज

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति

काठमाडौं । म्यादी बीमाको साढे २ अर्ब प्रिमियम १८ वटा जीवन बीमा कम्पनीहरुलाई भागवण्डा गरिएको छ । बीमा समितिले माघ १ गतेदेखि म्यादी बीमालाई बीमा पुल मार्फत सञ्चालन गर्ने निर्णय गरे अनुसार १८ वटा बीमा कम्पनीहरुलाई त्यसको हिस्सा बाडफाँट गरिएको हो ।

१८ वटा बीमा कम्पनीहरुले एक बर्षमा म्यादी बीमा मार्फत आर्जन गरेको प्रिमियमलाई आधार बनाएर भागवण्डा गरिदिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बताए । ‘अब म्यादी बीमाको बजारमा अस्वस्थ प्रतिष्पर्धा हुन्न, हामीले बजार हिस्साका आधारमा भागवण्डा गरिदिएका छौं, अब पुल मार्फत म्यादी बीमा हुन्छ’, समितिका अध्यक्ष चापागाईँले भने ।

२०७६ साउन १ गतेदेखि लागु हुने गरि समितिले पुनः नयाँ भागवण्डा गर्ने पनि अध्यक्ष चापागाईँले जानकारी दिए । २०७७ साउन १ गतेदेखि भने सबै जीवन बीमा कम्पनीहरुले म्यादी जीवन बीमाको प्रिमियम बराबर पाउनेछन् ।

हाललाई नेशलन लाइफ इन्स्योरेन्स कम्पनीले सबै भन्दा धेरै १९ प्रतिशत प्रिमियम पाउनेछ भने प्राइम लाइफले १५ प्रतिशत पाउनेछ । त्यस्तै, सुर्या लाइफले १२ र नेपाल लाइफ तथा युनियनले ११/११ प्रतिशत प्रिमियम पाउनेछन् ।

९ वटा जीवन बीमा कम्पनीहरुले भने कुल प्रिमियमको १ प्रतिशत हिस्सा मात्रै प्राप्त गर्नेछन् । समितिले माघ १५ गतेभित्र म्यादी बीमा पुलको कार्यबिधी बनाएर पुल गठन गरिसक्ने बताएको छ ।

गत आर्थिक बर्षमा १२ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ५४ करोड ७ लाख ५ हजार ८ सय २७ रुपैंयाँ प्रिमियम संकलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.