तीनवटा प्रदेशमा एकैसाथ सेञ्चुरी बैंकको कार्यालय विस्तार

  २०७५ पुष ३० गते १७:५९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

सो क्रममा बैंकले प्रदेश नं १ विराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.