आशा लघुवित्तले फिल्ड सहायकलाई दियो कर्जा जोखिम व्यवस्थापन तालिम

  २०७५ पुष ३० गते १४:३१     विकासन्युज


काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुइदिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

पुस २९ र ३० गते कोहलपुरमा सम्पन्न तालिममा संस्थाको ५, ६ र ७ नम्बर प्रदेशमा संचालित १८ वटा शाखा कार्यालयमा कार्यरत झण्डै ६० जना फिल्ड सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहन ेविश्वास व्यक्त गरे ।

तालिम कार्यक्रममा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि., कोहलपुर शाखाका प्रबन्धक भरतकुमार सिंहले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिए ।

कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.