चौधरी ग्रुपले टेलिकममा २५ अर्ब लगानी गर्ने, निर्वाण चौधरी भन्छन्-‘अब टेलिकम क्षेत्रमा हलचल आउँछ’

  २०७५ पुष ३० गते १४:१२     विकासन्युज

काठमाडौँ । टेलिकम क्षेत्रमा नेपाली लगानीकर्ताले ठूलो लगानी गर्ने तयारी गरेका छन् । लगानी बोर्डले नेपालमा लगानी प्रवर्धन गर्न लगानी सम्मेलनको अन्तिम तयारी गरिरहेका बेला नेपाली लगानीकर्ताबाटै टेलिकम क्षेत्रमा अर्बौको लगानी गरिन लागेको हो । यसले अन्तर्राष्ट्रियकर्ताहरू समक्ष नेपाल लगानीका लागि उपयुक्त देश रहेको सन्देश जाने विश्वास गरिएको छ ।

चौधरी ग्रुपले नेपालको टेलिकम क्षेत्रमा कम्तिमा २५ अर्बभन्दा धेरै लगानी गर्ने तयारी गरेको हो । स्वदेशी लगानीकर्ताले टेलिकम क्षेत्रमा गर्ने यो नै सबैभन्दा ठूलो लगानी हो । नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी हो भने एनसेलनमा ८० प्रतिशत लगानी विदेशीको रहेको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले विश्व बजारमा उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिमा आधारित रहेर टेलिकम कम्पनी स्थापना गर्ने योजना कार्यान्वयन गर्न लागिएकाले लगानीको आकार ठूलो हुने बताए । ‘हामी नेपालमा नै धेरैभन्दा धेरै लगानी गर्न चाहान्छौ“’ चौधरीले भने, ‘टेलिकम क्षेत्रमा गर्न लागिएको ठूलो आकारको लगानी त्यसकै एउटा अंश हो ।’

चौधरी ग्रुपले सिजी टेलिकमको ब्राण्डमा नयाँ टेलिकम कम्पनी सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नेपाल सरकारले टेलिकम कम्पनी सञ्चालनका लागि स्विकृती दिइसकेकाले निकट भविष्यमै नेपाल दूर सञ्चार प्राधिकरणले टेलिकम सञ्चालनका औपचारिक प्रकृया पूरा गर्ने सिजी टेलिकमको विश्वास छ ।

बजारमा सिजी टेलिकमको प्रवेशसँगै टेलिकम उपभोक्ताले प्रतिस्पर्धी बजारमा आकर्षक सेवाहरू प्राप्त गर्ने छन् । प्रवन्ध निर्देशक चौधरीले सिजि टेलिकमले निःशुल्क भ्वाईस र कम्तिमा हालको तुलनामा ५० प्रतिशत सस्तो दरमा डाटा पाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.