पुल निर्माणमा स्विस सरकार सहयोग गर्ने, ३ नम्बर प्रदेश सरकारसँग संझौता

  २०७५ पुष ३० गते १३:४०     विकासन्युज


काठमाडौँ । पुल निर्माणका लागि स्विस सरकारले ३ नम्बर प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । प्रदेश सरकारबाट निर्माण हुने स्थानीय सडकमा मोटर जाने पुल निर्माणका लागि चाहिने आवश्यक प्राविधिक सहयोग गर्न प्रदेशको भौतिक मन्त्रालय र लोकल ब्रिज रोड प्रोग्राम (एलआरबीपी) को टोलीबीच संझौतामा हस्ताक्षर भएको छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव कौशलकिशोर झा र एलआरबीपीका टोली नेता बेह्नम दलीलीबीच सम्झौता पत्र आदान प्रदान गरिएको छ ।

नेपाल सरकार र स्विस सरकारबीच नेपाल सरकारलाई विभिन्न सहयोग गर्ने सम्झौता भएअनुरुप स्विस सरकारले प्रदेशलाई पनि सहयोग गर्न लागेको हो । पुल निर्माण गर्न शुरु देखि सम्पन्न हुने समयसम्मको प्राविधिक खर्च पनि स्विस सरकारले नै व्यहोर्ने टोलीका उपनेता शकिल मानन्धरले जानकारी दिए । पुलको डिजाईन, सर्भे, रिपोर्ट तयार, जाँच तथा अनुगमन सबै एलआरबीपिले नै गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.