अपर तामाकोशीको शेयर कारोबार रोकियो, १४००० कित्ता कारोबार रद्द हुने

  २०७५ पुष ३० गते १२:१८     विकासन्युज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । अाइतबारदेखि मात्र सुरु भएकाे उक्त कम्पनीकाे शेयर काराेबार प्राविधिक कारणले नेप्सेले राेकेकाे हाे ।

सिस्टममा भएकाे प्राविधिक समस्याको फाइदा उठाउँदै ५० प्रतिशतसम्म मूल्य बढेर कारोबार गरिएपछि नेप्सेले उक्त शेयरको कारोबार आजको लागि रोकिदिएको बताइएकाे छ । आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता  कारोबार भइसकेको छ ।

ती सबै कारोबार रद्द हुने र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । उनले अाेपन रेञ्ज दिँदाकाे सिस्टम अनुसार नै काराेबार भएकाेले त्यस्ताे समस्या देखिएकाे भन्दै अन्य काराेबारहरु भने नियमित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.