पर्वतमा स्वास्थ्य शिविर, ६ सयभन्दा बढीकाे निःशुल्क उपचार

  २०७५ पुष ३० गते ११:२५     विकासन्युज

काठमाडौं । पर्वतको देउपुरस्थित पातीचौरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा सञ्चालन गरिएको छ । उक्त शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो ।

रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिएका छन् । शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिएका छन्।

वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.