काठमाडौंको गोंगबुमा कामना सेवा विकास बैंकको ६३औं शाखा

  २०७५ पुष ३० गते ११:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३औं शाखा कार्यालय स्थापना गरेको छ ।

बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतलेले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण भईरहेका जानकारी दिएका छन् ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उक्त बैंकको ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्बिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.