उदयपुरको देउरीमा एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवा

  २०७५ पुष २९ गते १७:०२     विकासन्युज

काठमाडौं । उदयपुरको देउरीमा एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवाको शुरुवात भएको छ । एनआईसी एशिया बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवी थापाले गरेका हुन् । उक्त शाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त हुनेछ ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४७ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.