ललितपुरको क्याथफोर्ड कलेजमा क्याथफेष्ट २०१९ शुरु, १३ वटा कलेजको सहभागिता

  २०७५ पुष २९ गते १६:४१     विकासन्युज

काठमाडौं । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सुरु भएको छ । “नेपालका समस्याहरूको समाधान” नारा दिइएका उक्त मेलामा नेपाली समाजले दखिएको समस्यालाई प्रविधि मार्फत सम्बोधन गर्न खोजिएको कलेजका प्राचार्य डा. मधु सुदन कायस्थले बताएका छन् ।

विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ । प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन् ।

उक्त प्रदर्शनीमा काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, उद्योगी/व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.