सोलुखुम्बुको खुम्जुङमा सिद्धार्थ बैंकको एटिएम सेवा

  २०७५ पुष २९ गते १६:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको खुम्जुङ उपत्यकामा एटिएम सञ्चालनमा ल्याएको छ । समुद्रि तहभन्दा ३ हजार ७ सय ९०मि.उचाइमा अवस्थित उक्त एटिएम, नेपालको सबै भन्दा अग्लो स्थानमा रहेको एटिएम हो ।

नाम्चेबजार भन्दा माथि सिद्धार्थ बैंकको एटिएम मेसिन राखिएसँगै यस क्षेत्रका बासिन्दाहरलाई रकम निकाल्न सहज भएको छ । एटिएमको सञ्चालनले यस क्षेत्र लगायत एभरेष्ट बेस क्यामप भ्रमण गर्न आउने पर्यटकहरुका लागि थप सुविधा पुगेकाे छ ।
खुम्जुङमा सञ्चालनमा आएको यस एटिएमसँगै सिद्धार्थ बैंककोे हाल देशभर १४२ एटिएम, १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा र १,२०० भन्दा बढी पिओएस मेसिन संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.