बाराको अमृतगञ्जमा कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा

  २०७५ पुष २९ गते १५:००     विकासन्युज

काठमाडौं । बारा जिल्लाको अमृतगञ्जमा कृषि विकास बैंकमा अनलाईन बैकिङ्ग सेवाको शुरुवात भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजयकुमार यादवले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
कृषि विकास बैंक क्षेत्रिय कार्यालय, विरगञ्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षता उक्त कार्यक्रम उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै आएको छ ।
सो उदघाटन कार्यक्रममा कृषि विकास बैंकका उप महा प्रबन्धक पूर्णप्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका हिमलाल पौडेल, कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगञ्जका शा.प्र. रामचन्द्र अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको संचालनत क्षेत्रिय कार्यालय विरगञ्जका शा.प. नारायणप्रसाद शर्माले गरेका थिए । उद्घाटन कार्यक्रम समापन भएपछि बैंकमा कार्यरत कर्मचारीहरुको समेत उपस्थितीमा सो क्षेत्रका विभिन्न पेशामा लाग्नु भएका किसान,उद्यमी व्यवसायीहरुसंग उल्लेखित क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि बैंकले पुर्याउने सक्ने विषयमा अनौपचारिक छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.