दार्चुलामा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार

  २०७५ पुष २९ गते १३:०१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले दार्चुलास्थित अपि हिमाल र व्याँस शाखा कार्यालय सञ्चालमा ल्याएको छ ।बैंकले दार्चुलाको अपि हिमाल गाँउपालिकास्थित अपि हिमाल शाखा कार्यालय र व्याँस गाँउपालिकास्थित व्याँस शाखा कार्यालयको औपचारिक रुपमा सुरुवात गरेको छ ।

अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपि हिमाल गाँउपालिका र व्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक भएको छ । नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ ।
हाल ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.