अपर तामाकोशीको शेयर उच्चतम मूल्यमा कारोबार, लगानीकर्तालाई १२४ प्रतिशत नाफा

  २०७५ पुष २९ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा बढी शेयरधनी भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी हाइड्रोवावरको शेयर आजदेखि कारोबारको लागि खुल्ला गरिएको छ । हाइड्रोपावरको शेयरका लागि नेपाल स्टक एक्सचेञ्जले ७४.८९ रुपैंया देखि २२४.६७ रुपैंयासम्मका कारोबार गर्न सकिनेगरी प्रारम्भिक रेञ्ज तोकिदिएकोमा उच्चतम मूल्यमा कारोबार भएको छ । हाइड्रोपावरले शेयर निष्कासन अनुमति पाएको बेलामा कायम रहेको नेटवर्थदेखि त्यसको तीन गुणासम्ममा आपन रेञ्ज दिनसक्ने प्रावधानबमोजिम उक्त रेञ्ज तोकिएको थियो ।

रेञ्ज तय भएपछि अब नियमित प्रक्रियाअनुसार कारोबार र मूल्य उचारचढाव प्रक्रिया अघि बढ्नेछ । उक्त कम्पनीको साधारण शेयर र कर्मचारीका लागि जारी गरिएको शेयर आइतबारदेखि एकसाथ खुलेको हो । २२४ मा कारोबार भएसँगै आईपीओका लगानीकर्ताले केही महिनाभित्रै १२४ प्रतिशत नाफा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.