क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौ, आत्मबल दरो बढाऔं : खानेपानी मन्त्री मगर

  २०७५ पुष २९ गते १०:५८     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएका छन् । भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले परिवर्तन गर्नुपर्ने बताएका छन्र।

कार्यक्रमलाई सम्बोधन गर्दै रोग संग लड्ने आत्मबल बलियो बनाऔं, जब आत्मबल कमजोर हुन्छ अनि बिरामी पर्छौ भन्दै क्यान्सर भएका बिरामीहरुलाई आत्मबल दरो बनाउँन आग्रह गरेका छन् । क्यान्सरलाई भयावहको रूपमा होईन कि सामान्यीकरण गर्ने बताएका छन् । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन समेत आग्रह गरेका छन् ।


भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न कुनै कसर बाकी नराख्ने बताउँदै मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुन देवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गरेका थिए । शुद्धीकरण सहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो ।

कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउनु हुने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो । यसै बीच क्यान्सर पीडित व्यक्तिहरुले मन्त्री मगरसंग भेटघाट गर्दै सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.