साधनाको दोस्रो वार्षिक साधारणबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

  २०७५ पुष २८ गते १८:०६     विकासन्युज


काठमाडौँ । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो दोस्रो वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले एक कित्ता बरावर एक दशमलव शुन्य पाँच कित्ता (१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको चुक्तापूँजी १० करोड चार लाख पचास हजार पुग्नेछ ।

साधारण सभामावित्तीय संस्थाको अध्यक्ष कुष्णबहादुर थापाले वित्तीय क्षेत्रमादिनानुदिन परिवेश बदलिँदो छ, केहि दिनअधिमात्रै नेपाल राष्ट्र बैकवाट प्राप्त परिपत्रमा उल्लेख भए अनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश वा राष्ट्रियस्तरमा सञ्चालन गर्नु पर्ने प्रावधान रहेको र यस वित्तीय संस्थाको भविष्यको योजनापनि विगतको ब्यवस्था अनुसार १० जिल्ला वा प्रदेशमा मात्र सीमित नरही राष्ट्रियस्तरको संस्थातर्फ अगाडि बढ्ने सोच रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.