सामसङ प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

  २०७५ पुष २८ गते १६:४२     विकासन्युज


काठमाडौँ । के तपाईँ बैठक कोठामा भएको सीआरटी टिभीले ठाँउ ओगटेर चिन्तित हुनुहुन्छ र नयाँ टिभी किन्ने योजनामा हुनुहुन्छ ? के तपाईँ आफ्नो बैठक कोठालाई स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ? तर संकुचित रकमले गर्दा नयाँ टिभी किन्न सकिरहनु भएको छैन ।

तपाईँ अब चिन्तित नहुनुहोस् । सामसङ प्लाजाले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ । सामसङ प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनैपनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नयाँ सामसङ एलईडी टिभीसँग साट्न सकिनेछ ।

यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने छ । उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ प्लाजामा र नयाँ बजारको सामसङ प्लाजामा मात्र लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.