५ लाखको बीमासहित एभरेष्ट बैंकले ल्यायो दुई बचत योजना, कर्मचारी र रोजगारदाता दुवै लाभान्वित

  २०७५ पुष २७ गते १८:३६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो ।

उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ ।

लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकले जनाएकाे छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.