मुम्बइमा आयोजित ‘पार्टनरशीप समिटमा सम्मेलन २०१९ ’ मा नेपाल उद्योग परिसंघ सहभागिता

  २०७५ पुष २७ गते १८:००     विकासन्युज

काठमाडौं । मुम्बइमा आयोजित ‘पार्टनरशीप समिटमा नेपाल उद्योग परिसंघ ’ ले सहभागिता जनाउने भएकाे छ ।

भारतको कन्फेडेरेशनअफ इण्डियन इण्डष्ट्रिज (सीआईआई) द्वारा आयोजित २५ औँ संस्करणको पार्टनरशीप सम्मेलन २०१९ मा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा मुम्बइ प्रस्थान गरेका छन् ।
प्रतिनिधि मण्डलमा नेपाल उद्योग परिसंघको तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहितको टोलीपुस भारतको मुम्बइ प्रस्थान गरेको छ ।

मुम्बइमा जनवरी १२,१३सम्म हुने कार्यक्रम रहेको छ । भारतीय सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित उक्त सम्मेलनको विषय वस्तु समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान गर्नु रहेको छ ।
प्लेनरी सेसन, देशगत सेसन, बिटूबि मिटिङ्गमा समेत परिसंघको प्रतिनिधि मण्डलले भाग लिने कार्यक्रम रहेको छ ।

नवीकरणीय ऊर्जा, नवीनतम प्रयोग कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवा, पर्यटन, डिजिटल प्रविधि लगानी प्रवद्र्धन आदि विषयमा विषयगत छलफलको कार्यक्रम रहेको छ । परिसंघका तर्फबाट अन्य सहभागीहरुमा परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोर र राष्ट्रिय परिषदका सदस्य शरदकुमार तिवरेवाला समेतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.