शिव श्री हाइड्रोको आईपीओ बिक्री शुरु, ७३८० कित्तासम्म आवेदन दिन पाइने

  २०७५ पुष २७ गते १६:५६     विकासन्युज

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले पुस २७ गतेदेखि साधारण सेयर (आईपीओ) को बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई अंकित मूल्य १०० रुपैयाँ दरले १४ लाख ७३ हजार ४०० कित्ता आईपीओको निष्कासन शुरु गरेको हो ।

कम्पनीले जारी गरेको १४ करोड ७३ लाख रुपैयाँ बराबरको आईपीओमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । न्युनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्तासम्म आईपीओ भर्न पाउने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

आगामी माघ ११ गतेसम्म खुल्ला हुने आईपीओको लागि इच्छुकले विभिन्न स्थानबाट आवेदन बुझाउन सक्नेछन् । सिन्धु विकास बैंकको बाह्रबिसे र खाँडीचौर, नेपाल बङ्गलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंकको बाह्रविसे शाखामा आवेदन बुझाउन सकिने छ । त्यस्तै, सिन्धुपाल्चोकमा रहेको शिव श्री हाईड्रोमा आवेदन दिन सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

चालु आर्थिक वर्षमा प्रतिसयर नेटवर्थ ९५ हजार ९८० रुपैयाँ हुने कम्पनीको प्रक्षेपक्षण रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ४ हजार २० रुपैयाँले घट्ने र आगामी आवमा ५० रुपैयाँले बढेर २०७७÷७८ मा ६ हजार ३५० रुपैयाँ पुग्ने कम्पनीको अनुमान रहेको छ ।

हाइड्रोमा प्रति मेगावाट १६ करोड ५० लाख ८० हजार रुपैयाँ लागत रहेको छ । विद्युत उत्पादन अनुमति पत्र बाँकी रहने समय अझै २९ वर्ष बाँकी रहेको छ । उक्त पत्रको अवधि २१०३ साल ११ महिना ११ गतेसम्म रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, आगामी ७.८५ वर्षमा लगानी फिर्ता हुने र १६.०२ वर्षमा छुटमा लगानी फिर्ता हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.