माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा, भदौसम्म विद्युत उत्पादन हुने

  २०७५ पुष २७ गते १७:०७     विकासन्युज

काठमाडौं । बागलुङको बडीगाड खाेला र लमजुङको लोदीखोला जलविद्युत आयोजनाका पिपिए अन्तिम चरणमा पुगेको छ । हाल कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु अघि बढाएको छ ।

आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ । आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर (आईपिओ) जारी गर्न एनआईविएल एस क्यापिटलसँग सम्झौता भएकाे छ ।

यता, लिवर्टी इनर्जी कम्पनीको नवाैं वार्षिक साधारण सभामा उक्त कम्पनीका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा कम्पनीका प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीकाे उपस्थितिमा उक्त प्रस्तावहरु पारित भएको छ ।

उक्त आयोजनाको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन (आरसीओडी) आगामी २०७६ भाद्र महिनामा अगावै विद्युत उत्पादन गरिने जानकारी साधारण सभामा गराएको छ ।

साथै कम्पनीद्धारा सर्वेक्षण अनुमतिपत्र प्राप्त बागलुङ जिल्ला स्थित बडीगाड खोलामा २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ जिल्ला स्थित लोदोखोलाबाट १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईइइ रिपोर्ट बनाउने र पिपिए गर्ने चरणमा पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.