अपर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता शेयर सार्वजनिक गर्ने जिम्मा एनएमबि क्यापिटललाई

  २०७५ पुष २७ गते १५:५५     विकासन्युज

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २० लाख कित्ता शेयर सार्वजनिक गर्न एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता गरेको छ ।

यस सम्बन्धी सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ । कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र  बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।

आगामी मंसिर सम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई शेयर जारी गरी फागुन मसान्त भित्रमा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.