ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित, चुक्ता पुँजी १० अर्ब नाघ्यो

  २०७५ पुष २७ गते १५:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न १२औँ बार्षिक साधारण सभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम अब बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पाउने छन् । बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई उक्त बोनस दिन लागेको हो ।

उक्त बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ ।

साथै, बैंकले हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त बैंकिङ् सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.