नेपाल टेलिभिजन र रेडियो नेपाल अब बीबीसी र एनएचके मोडेलमा

  २०७५ पुष २७ गते १४:०४     विकासन्युज


काठमाडौँ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई अब बीबीसी र जापानी मोडेल(एनएचके)मा लैजाने बताएका छन् । उनले सरकारी सञ्चार माध्यमलाई पब्लिक बोर्डकास्टिङ सर्भिसका रुपमा लैजान लागिएको बताए ।

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको आजको बैठकमा मन्त्री बास्कोटाले यस्तो कुरा बताएका हुन् । समितिको बैठकमा मन्त्री बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निजीकरण नगर्ने पनि बताए । माघ १७ गतेबाट नेपाल टेलिभिजन एचडीमा जाने मन्त्री बास्कोटाले बताए । उनले भने-केही समय भित्रै आफ्नै स्याटलाइटपनि हुन्छ ।

मन्त्री बास्कोटाले सेट अप बक्स भने सित्तैमा दिन नसक्ने बताए । यसका लागि १ अर्ब ५० करोड लाग्छ । सेट अप बक्स किन्न केही सहयोग गर्ने मन्त्री बास्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.