मिशन डेभलपमेन्टको अध्यक्षमा टीकाराम घिमिरे चयन

  २०७५ पुष २७ गते १२:१५     विकासन्युज

काठमाडौँ । मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले संस्थापक समूहका सदस्यहरुमा ऋषिराम पाण्डे, टीकाराम घिमिरे, धर्मराज पौडेल र लिलबहादुर केसीलाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै, सर्वसाधारण समूहको तर्फबाट विद्यमान २ जना सञ्चालकहरु प्रा.डा. राजेन्द्रप्रसाद श्रेष्ठ र डा. सूर्यबहादुर राना गरी जम्मा ६ जना सञ्चालक मध्येबाट टीकाराम घिमिरे सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएको कम्पनी सचिव विष्णुप्रसाद पोखरेलले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.