महालेखाको विकास विरोधी बकुमफुसे प्रतिवेदन

  २०७५ पुष २७ गते ९:४८     भीम उपाध्याय

मेरो कार्यकालमा महालेखाले म खानेपानी मन्त्रालयको सचिव रहदाको कार्यकालमा गरेको एउटा कामलाई ईंगित गरी मलाई आक्षेप लगाएर पनि प्रतिवेदनमा एउटा बूँदा(नं २२बूंदा) राखेको रहेछ । तर म त्यस्ता बकमफुसे कुराको पछि प्रोजेक्ट म्यानेजर लाग्नु हुदैन भन्छु र म पनि लाग्दिन ।

मेलम्चीको पानी महालेखाले खुवाउने हैन । नेपालका सबै संस्था बिकास विरोधी कोरा कानुनची र प्रोजेक्ट व्यवस्थापनमा गवॉरहरू हुन् । तिनका यस्ता रवैयाले यो मुलुकको सिन्को भाचिन्न । तर म्यानेजर बुद्दि खेलाउछ ,जहाज उडाउछ र सकुशल अवतरण गराउछ।

कानुनची हुदैन म्यानेजर, उसको लक्ष जसरी कसरी हुन्छ प्रोजेक्ट सफल पार्नमा हुन्छ । पर्फर्मेन्स प्रमूख हुन्छ, प्रोसिजर गौण हुन्छ तर पर्यो भने देशहीतका निम्ति कानुनको बर्खिलाप गएर पनि प्रोजेक्ट र जनताको हीत हेर्छ । नत्र त लेखापालले प्रोजेक्ट हॉके पुग्थ्यो/हाकिहाल्थ्यो, बुद्धि अनुभव रणनीति किन चाहिन्थ्यो । त्यसैले त म भन्दैछु , यस्ता महालेखाका प्रतिवेदनको कैफियत गुणस्तर दस्तुरमा भर पर्दै आएको छ । प्रोजेक्ट संचालनको औचित्य बुझ्ने जिम्मेवार अधिकृतको हो, बाहिरियाहरू रमिते मात्र हुन् ।

बाहिरियाको होहल्ला पछि लाग्दैन प्रोजेक्ट चलाउनेहरू । विकासविरोधी संस्कारमा हुर्केकासंग प्रोजेक्ट म्यानेजरको ग्रह कहिले मिल्दैन । काग कराउदै गर्छ, पिना सुक्दै गर्छ । यहॉ मान्छे पानी खान नपाएर प्याकप्याक हुदै मर्दैछन् , कोही कानुनची बनेर केके न हिरा पत्ता लगाएझैं फुईं गर्दैछन् । महालेखाका खरिदार मानसिकताकाले कहिले प्रोजेक्ट हाकिन्न। यस्तै यही अन्तरद्वन्दमा रहेर प्रोजेक्टलाई हाक्नु नै प्रोजेक्ट प्रमूखको खास क्षमता प्रदर्शन हो, उसको काम हजार अवरोध आईपरे पनि चिर्दै अघि बढ्ने हो, युद्धमा सेना अघिबढे जस्तै ।

नेपालमा बिकास आयोजना सफल पार्नु युद्ध जित्नु हो, युद्धको सेनापति प्रोजेक्ट म्यानेजर हो । खर्च गर्दा बेरूजु हुदै रहन्छन्, यो कुनै ठूलो कुरा हैन कामगर्नेका निम्ति । कुरा काटेरै तलब पचाउनेहरूको पछि लाग्नेमा प्रोजेक्ट हाक्ने क्षमता हुदैन । हावाको प्रतिकूल गतिलाई शक्ति मानेर प्रोजेक्ट हाक्नुपर्छ । तर पनि दुराशय प्रष्ट छ यो महालेखाको बूंदाको भाषा र लेखनशैलीमा, यसले तिनको विकाशबिरोधी मानसिकता प्रष्ट प्रमाणित गरिदिएको छ । लेख्ने अधिकार छ भनेर मनपरि लेख्छन् भने अरूले पनि आफ्नो अधिकारको मनपरि प्रयोग गरे के हुने? अरूले पनि किन अधिकार दुरूपयोग गरेर मनपरि गर्न नहुने!

लेख्नेको काम लेख्ने हो, कर्मयोगीको काम कामगर्ने हो, उपलव्धी हासिल गर्ने हो । म परियोजनाबारे यस्ता बकबक गनगन देख्दा कुनै अचम्म पर्दिन, प्रोजेक्ट म्यानेजरको जीनमा यस्ता भाईरस पचाउने क्षमता हुन्छ र हुनुपर्छ । यस्ता हावादारी बकम्फुले बहस चलिरहन्छन्। हात्ती लस्किरहन्छ कुकूर भुकिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.