एनआईसी एशियाले मृतक श्रेष्ठका परिवारलाई दियो ५ लाखको बीमा भुक्तानी

  २०७५ पुष २६ गते १९:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मृतक राजकृष्ण श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका श्रेष्ठको २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएको थियाे ।

उक्त खाता खोल्दा ५ लाख रुपैयाँ बराबरको स्वतः दुर्घटना बीमा हुने भएकोले सो बीमाको क्षतिपुर्ति बापत बैंकले मृतक श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले बिहीबार मृतकका छोरालाई प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.