युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने

  २०७५ पुष २६ गते १९:०२     विकासन्युज

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो ।

कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ ।

यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ ।

हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.