इजरायलका लागि नेपाली राजदूत शाक्यलाई चेम्बरले गर्यो सम्मान

  २०७५ पुष २६ गते १९:०१     विकासन्युज


काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा आज सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका महामहिम राजदुत बेनी ओमरको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्मान तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यले व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नुपर्ने दिन आएको बताए ।

उनले भने, “जसरी नेपाल महिला चेम्बरको संस्थापक सभापति भएर महिला व्यवसायीहरुलाई शशक्तिकरण तथा संगठित गर्ने काम गरि उच्च व्यवस्थापकीय र नेतृत्वदायी भूमिका खेल्नु भयो, त्यो भन्दा अझैं उच्च तहको कुटनीतिक कौशलता प्रदर्शन गरि दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्ने बेला आएको छ ।“

नेपाल चेम्बर अफ कमर्समा आबद्द भएर उद्योग तथा बाणिज्यको क्षेत्रमा काम गरी प्रयाप्त अनुभव हाँशिल गरेकी डा. शाक्यले अब इजरायलका लागि नेपाली राजदुतको रुपमा काम गर्दै गर्दा नेपालको कृषि उत्पादन, पर्यटन, प्रबिधि हस्तान्तरण तथा ’फ्लोरिकल्चर’को प्रबर्दनमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

२०१९ को मार्चमा हुने लगानी सम्मेलनमा यी क्षेत्रहरुमा इजरायलबाट लगानी भित्र्याउन डा. शाक्यले पहल गर्नु पर्ने कुरा समेत अध्यक्ष श्रेष्ठले उल्लेख गरे । आज सम्मान ग्रहण गरेकी डा. शाक्यले आफु नेपालको हितमा र नेपालमा लगानी भित्र्याउन कटिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.