प्रभु बैंकले ल्यायो मास्टरकार्ड, ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति 

  २०७५ पुष २६ गते १८:००     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । कास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यो सेविट कार्डले बैंकका ग्राहकहरुलाई सहजता र सुरक्षाको प्रत्याभुति गर्ने विश्वास वैंकले लिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको भुत्तानी सेवा सञ्चालन (पीएसओ) सेवा प्रदान गर्ने मास्टरकार्डका विश्वका २१० देशहरुमा नेटवर्क छ । उसले आफ्नो सेवामार्फत् व्यक्ति, व्यवसायिक संस्था, वित्तीय संस्थाहरु, सरकार र गैर सरकारी संस्थाहरुलाई जोड्ने काम गरेको छ । बैंकको उक्त नेटवर्कसँग साझेदारी भएसँगै आफ्ना ग्राहकहरु समेत त्यससँग जोडिने बैंकले जनाएको छ ।

सेवा सुभारम्भको अवसरका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको यो साझेदारी भविष्यसम्म अझै फराकिलो हुँदै जाने र यसले दुवै कम्पनीलाई द्धिपक्षीय लाभ प्राप्त हुने विश्वास लिएका छन् ।

त्यस्तै मास्टरकार्डका दक्षिण एशिया हेर्ने प्रमुख पोरुष सिंहले पनि प्रभु बैंकसँग आफूहरुले फराकिलो साझेदारी चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.