कंसाकारमाथी तत्काल कारवाही हुन्नः सरकार

  २०७५ पुष २६ गते १६:४०     विकासन्युज

काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लेखा समितिकै प्रतिवेदनका आधारमा कसैलाई निलम्बन र कारवाही गर्न नसकिने स्पष्ट पारेका हुन् ।

लेखा समितिको प्रतिवेदनमा देखिएको, बुझिएको, अनुमान गरिएको जस्ता शब्दहरु प्रयोग गरेर दोषी करार गरिएकाले कार्यान्वयन नगर्न नसकिएको स्पष्ट पारे । सरकारले गठन गरेको जाँच बुझ आयोगको प्रतिवेदन आएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने पनि उनले स्पष्ट पारे । सरकारले जाँचबुझ ऐन, २०२६ अनुसार वाइडबडी जहाज खरिद प्रक्रिायबारे भएको भनिएको अनियमितता छानविन गर्न आयोग गरेको छ । सो आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ ।

लेखा समितिले गठन गरेको उप समितिले वाइड वडी जहाज खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैंयाँ अनियमितता गरेको प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित गर्दै लेखा समितिले निगमका महाप्रबन्धक कंसाकार र पर्यटन सचिव कृष देवकोटालाई तत्काल निलम्बन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.