राष्ट्रिय बीमा कम्पनीमा नयाँ सीईओ, डिल्लीराज अर्याललाई अर्थले काजमा पठायो

  २०७५ पुष २६ गते १६:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तात्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि त्यसबारे राजीनामा दिएकोबारे केही दिन अघिमात्र समाचार सार्वजनिक भएको थियो । सोलगत्तै अर्थले अर्याललार्इ कायम मुकायमको जिम्मेवारी दिएर पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.