नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी

  २०७५ पुष २६ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जनार्दन शर्माले सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि बैंकले कम्पनीको नयाँ अध्यक्ष पदमा अधिकारीलाई चयन गरेको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् ।

साथै, बैंक सञ्चालक समितिको सदस्य पदमा रहेका डम्बरबहादुर भण्डारीको पनि ४ वर्षे कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.