हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, माघ ४ गते उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

  २०७५ पुष २६ गते १२:३४     विकासन्युज


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

एक्स्पोको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले तयारी अन्तिम चरणमा रहेको बताए । राजधानीको भृकुटी मण्डपमा आगामी माघ ४ गतेदेखि एक्स्पो शुरु हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको पत्रकार सम्मेलनमा बताइयो ।

एक्स्पोमा सहभागी हुन अहिलेसम्म ८५ भन्दा बढी प्रदर्शकहरुले १०० भन्दा बढी स्टल बुकिङ गरिसकेका छन् । जलविद्युतको क्षेत्रमा महत्वपूर्ण तथा ठूलो मानिएको यो एक्स्पो १ लाख बढीले अवलोकन गर्ने आयोजक संस्थाले अनुमान गरेका छन् ।

यस एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया र बेलायतका जलबिद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यसैगरी एक्स्पोमा सहभागी भएर जलविद्यत् आयोजनाको अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन जलविद्युत आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले पत्रकार सम्मेलनमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.