सीटीईभीटीद्धारा भक्तपुर प्राविधिक तालिम केन्द्रले पाएको सम्बन्धन रद्द

  २०७५ पुष २६ गते ११:११     विकासन्युज

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भक्तपुर प्राविधिक तालिम केन्द्रलाई दिएको सम्बन्धन/स्वीकृति रद्द गरेको छ ।

सीटीईभीटीले सम्बन्धन स्वीकृतिमा भएका शर्तहरु उल्लंघन गरेको, तोकिएको शुल्क भन्दा विद्यार्थीहरुबाट बढी रकम असुली गरेको, सीटीईभीटीले पटक-पटक गरेको अनुगमन तथा निरिक्षण पछि कमी कमजोरी सुर्धान आग्रह गरे पनि पालना नगरेको भन्दै स्वीकृति रद्द गरेको हो ।

सीटीईभीटीले हालै भक्तपुर प्राविधिक तालिम केन्द्रलाई लिखितरुपमा स्पष्ट पार्न पत्राचार समेत गरेको थियो । तर, सीटीईभीटीलाई तालिम केन्द्रले पठाएको लिखित स्पष्टीकरणको जवाफले चित्त नबुझाएपछि सम्बन्धन नै रद्द गरी दिएको हो ।

अ.न.मी. तालिम कार्यक्रमका लागि सम्बन्धन तथा स्वकृति पाएको भक्तपुरको बालकोटमा रहेको भक्तपुर प्राविधिक तालिम केन्द्रको सम्बन्धन तथा स्वकृति रद्द गर्दै सीटीईभीटीले त्यहाँ अध्ययनरत्त विद्यार्थीहरुको व्यवस्थापनको लागि आउँदो माघ ७ गते सूचना प्रकाशित गरेर जानकारी गराइने जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

श्रोत – मेरो स्टडी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.