सिन्धुलीको फिक्कलमा महोत्सव हुँदै, १ लाख पर्यटक भित्र्याउने लक्ष्य

  २०७५ पुष २६ गते १०:५२     विकासन्युज

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल प्रवर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाक सबैभन्दा अग्लो फिक्कलडाँडामा माघ २ देखि महोत्सव आयोजना हुने भएको छ । फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उक्त कुराको जानकारी दिएका थिए । ६ दिनसम्म चल्ने महोत्सवमा १ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकले लिएको छ ।

फिक्कल डाँडाको उचाइ ७ हजार ७ सय ७१ फिटमा रहेको उक्त स्थानबाट उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारको भनाई रहेको छ । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले बताएका छन् ।

धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको गाउँपालिका उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक पार्वती सुनुवारको भनाई रहेको छ ।
महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी, प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार,प्रसार, विक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने जानकारी दिएका छन्र ।

स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्याप्टिङ गराउने उद्देश्य महोत्सवले लिएको गाउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघ/संस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, र्याफ्टिङ्ग लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.