नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई संजिवनी हस्पिटलमा २५ प्रतिशत छुट

  २०७५ पुष २५ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले विराटनगरको संजिवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रालिको उपचार सेवामा २५ प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धी दुई संस्थाबीच बुधबार सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको विराटनगर शाखाकाका शाखा प्रबन्धक बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागका तर्फबाट अञ्जनी पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंकद्धारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्धारा प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशत छुट दिने छ ।

उक्त सम्झौताले दुबै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.