सन नेपाल लाइफ इन्स्योरेन्सले अपाङ्ग उपाध्यायलाई दियाे ३ लाख बीमा भुक्तानी

  २०७५ पुष २५ गते १६:०७     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ । उक्त कम्पनीमा बीमा गरेका उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकाले कम्पनीले निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो ।

उपाध्यायले यस कम्पनीमा ३ लाख रुपैयाँ बीमाङ्ककाे बीमा गरेका थिए । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ । निजले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ वर्षपछि बीमाङ्क वापतको तीन लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।

साथै, कम्पनीले सोही दिन लम्कीमा हजारौँ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली”लम्की चुहानगरपालिकाका मेयर महादेब बजगाईको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.