क्यान्सर निको भएकाहरुको सन्देशमूलक ‘सर्भाइभर र्याम्प सो’

  २०७५ पुष २५ गते १०:३९     विकासन्युज

काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘सर्भाइभर र्याम्प सो ’ कार्यक्रम आयोजना हुने भएको छ ।

आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी तीसभन्दा बढीले भाग लिने बताइएको छ ।’

‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत आठ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र ‘नेपाल क्यान्सर सपोर्ट ग्रुप’ नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खानु हुँदैन’ भन्ने सन्देश दिन पहिलो पटक सो प्रदर्शनी आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताईन्।

“नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिलाई सहभागी गराई पहिरन प्रदर्शनी आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेका पनि स्वःस्र्फूत रुपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौंँ”, कार्यक्रम संयोजक श्रेष्ठले भनिन्।

श्रेष्ठका अनुसार उक्त पहिरन प्रदर्शनीमा क्यान्सर निको भएका व्यक्तिको अलावा मिस नेपाल श्रिंखला खतिवडा, कलाकार प्रियंका कार्की, आयुस्मान देसराज जोशी साथै अन्य थुप्रै चर्चित ब्यक्तित्वोको उपस्थिती रहनेछ।

‘सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनै पनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन’ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा सुदिप श्रेष्ठले भने, “यस प्रकारको सन्देशमूलक कार्यक्रमले क्यान्सर बिरामीलाई समयमै उपचार गराउन हौस्याउँछ ।”

नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सभाईभल कार्यक्रममार्फत नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामा उनीहरुले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ।

गरिब तथा आर्थिक रूपमा विपन्न बिरामीहरूका लागि विशेष प्रकारको आर्थिक कोष सिर्जना गर्नु पनि सोको लक्ष्य रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.